• ट्रेण्डिङ्ग :
मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए : १९ जना घाइते

मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए : १९ जना घाइते


  • 4.7K
    SHARES
    • कार्तिक २, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 7.2K Views

    मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए : १९ जना घाइते

     नारायणगढ,  कात्तिक १  । भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहानै  सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा १९ जना घाइते भएका छन् । यो सङ्ख्या अझै बढ्न सक्ने बताइन्छ ।

    images

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने गाईघाटमा एकै पटक सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका हुन् । बिहान ७ः१५ बजेको समयमा सवारीसाधन एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

    सुरुमा बा ४ ख ७४२० नम्बरको यात्रु वहाक बस र ना ८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएको थियो र त्यसपछि रहेका सवारी साधन एक पछि दोस्रो गर्दै ठोक्किँएको उहाँले बताउनुभयो । यसबारे थप विवरण आउन बाँकी छ ।

    सो घटनामा घाइते भएकाहरुको अहिले उद्धार भइरहेको छ । भरतपुरका विभिन्न अस्पतालहरुमा घाइतेहरु ल्याउने क्रम जारी रहेकाले यस सम्बन्धमा यकिन विवरण आउन बाकी रहेको खनालले जानकारी दिनुभयो । 



     


    तेस्रो आँखा