• ट्रेण्डिङ्ग :
फागुन २१ को निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति : प्रधानमन्त्री कार्की

फागुन २१ को निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति : प्रधानमन्त्री कार्की


  • 4.7K
    SHARES
    • कार्तिक ३, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.2K Views

    फागुन २१ को निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति : प्रधानमन्त्री कार्की

    काठमाडौँ, कात्तिक २ गते । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “तयारी अझै द्रुततर गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।” 

    images

    प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीसमेतको उपस्थितिमा चार वटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा शनिबार शीतल निवासमा गम्भीर छलफल गरेको जानकारी दिनुभएको छ । उहाँले चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको बताउनुभएको छ । 

    उहाँले भन्नुभएको छ, “सबै सुरक्षा प्रमुखले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभएको छ । चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ । राजनीतिक दलसँग संवादको सुरुवात भएको छ ।”  

     


    तेस्रो आँखा