• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक


  • 5.5K
    SHARES
    • कार्तिक ५, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 8.4K Views

    प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक

    काठमाडौँ, कात्तिक ४। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। 

    images

    सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेता सहभागी छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालका अनुसार बैठकमा  कांग्रेस, एमाले, माओवादीसहित राष्ट्रिय मान्यता प्राप्त दलका साथै निवर्तमान संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेता र प्रतिनिधि सहभागी हुनुहुन्छ।

    दलसँगको आगामी चुनावका लागि आयोजित राजनीतिक दलसँगको संवादमा सरकारका तर्फबाट उपस्थित प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल सहभागी हुनुहुन्छ । 

    दलका नेतासँगको छलफल प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा जारी छ। छलफलमा कांग्रेसका महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन, पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, प्रकाश ज्वाला उपस्थित हुनुहुन्छ।

    त्यसैगरी छलफलमा  जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवालर जनमत पार्टीबाट चन्दन सिंहलगायत नेता सहभागी हुनुहुन्छ।


    छलफलमा प्रधानमन्त्री कार्कीले केदारभक्त माथेमा र विद्याधर मल्लिकले पर्यवेक्षकका रूपमा बोलाउनुभएको छ। 

  • सम्बन्धित विषय:

  • # र्वदलीय बैठक

  • तेस्रो आँखा