• ट्रेण्डिङ्ग :
ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्सद्वारा सामूहिक देउसी–भैलो सम्पन्न

ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्सद्वारा सामूहिक देउसी–भैलो सम्पन्न


  • 12.7K
    SHARES
    • कार्तिक ८, २०८२ शुक्रबार
    • १० महिना अघि
    • 19.5K Views

    ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्सद्वारा सामूहिक देउसी–भैलो सम्पन्न

     अस्टिन टेक्सास

    images

    ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्सले टेक्सासको राजधानी अस्टिन र वरपरका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच सामूहिक देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नेपालीहरुको माहान पर्व तिहारको अवसरमा देउसी भैलो खेल्ने परंम्परा छ ।यो पर्वमा काग, कुकुरको पनि पुजा गरिन्छ। नेपालीहरुलाई सुख शान्ति र संम्वृद्दि प्रदान गर्ने पर्वको रुपमा यो पर्वलाई मनाउने गरिन्छ । सास्कृतिक पहिचान र परंम्परा वोकेका यस्ता कार्यक्रमलाई निरन्तरता दिदा नेपालीहरुको मौलिक कला, संस्कृति र परम्परालाई जगेर्ना गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

    0e98b046-f19d-47e3-9023-bccdb9a9ee0f.jpeg

    अस्टिन शहरसहित वरपरका फ्लुगरभिल र राउण्डरक क्षेत्रका नेपाली बस्तीहरूमा सामूहिक रूपमा देउसी–भैलो खेलिएको थियो। कार्यक्रमका क्रममा सहभागीहरूले परंम्परागत देउसी–भैलोका गीत, नृत्य र हास्य–व्यङ्ग्य प्रस्तुत गर्दै पर्वलाई उल्लासमय वातावरणमा मनाए । कार्यक्रममा सानाठूला सबै उमेरका नेपालीहरू उत्साहका साथ सहभागी भएका थिए। देउसी–भैलोबाट संकलित रकम स्थानीय सामाजिक कार्य र समुदायको हितमा प्रयोग गरिने ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्सका महासचिव उद्दव खनालले जानकारी दिनुभयो। कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई अझ सबल बनाएको सहभागीहरूले जनाएका छन्।यस किसिमका कार्यक्रमले नेपाली चाडपर्व, संस्कृति र सभ्यतालाई जीवन्त राख्ने छ । ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई समेटेर विभिन्न कार्यक्रम गर्दै आएको यो संस्थाले स्थानियको मन जित्न सफल भएको छ ।

    48769973-e3e8-4b1e-89ab-a642a9168e1d.jpeg

     

    26016f2a-942b-4d39-bd63-9061ae11bcde.jpeg

  • सम्बन्धित विषय:

  • # देउसी–भैलो

  • नारायण भण्डारी
    लेखकबाट थप