• ट्रेण्डिङ्ग :
ह्यात होटललाई सेवा सुचारु गर्न प्रधानमन्त्री कार्कीकाे आग्रह

ह्यात होटललाई सेवा सुचारु गर्न प्रधानमन्त्री कार्कीकाे आग्रह


  • 3.5K
    SHARES
    • कार्तिक ९, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 5.4K Views

    ह्यात होटललाई सेवा सुचारु गर्न प्रधानमन्त्री कार्कीकाे आग्रह

    काठमाडौँ, कात्तिक ८ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्दर र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिकार बिहान ह्यात रिजेन्सी व्यवस्थापनसँग जानकारी लिनुभएको छ ।

    त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गर्नुभएको छ ।

    खनालले भन्नुभयो, ‘‘तपाईँहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’’

    यसबारे भोलि (आइतबार) होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्नेछ ।


    तेस्रो आँखा