• ट्रेण्डिङ्ग :
पहिरो र लेदोका कारण बिपी राजमार्ग अवरुद्ध

पहिरो र लेदोका कारण बिपी राजमार्ग अवरुद्ध


  • 2.1K
    SHARES
    • कार्तिक १५, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 3.2K Views

    पहिरो र लेदोका कारण बिपी राजमार्ग अवरुद्ध

    बनेपा, कात्तिक १४। बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको जनाएको छ ।

    images

    कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले वर्षासँगै राजमार्गको विभिन्न स्थानमा आएको आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताउनुभयो । राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रुपमा सडक अवरोध भएको छ ।

    प्रहरी नायब उपरीक्षक बिष्टले अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने जानकारी दिनुभयो । 

     


    तेस्रो आँखा