भवानी सामुदायिक बन उपभोक्ता समूहले बन लाई बैज्ञानिक रुपमा ब्यबस्थापन गर्ने भनेर मिति २०८१ को फागुन महिनामा सालका रुख हरु कटान गरेको थियो। सालका रुख हरु कटान गर्नुको उदेश्य बन लाइ बैज्ञानि रुपले संरक्षण गर्ने र काटेका सालका रुख हरु उपभोक्ता हरु लाई बेचेर उपभोक्ता हरुको बन पैदावार सम्बन्धित आवश्यकता पूर्ति गर्नु थियो। उपभोक्ता हरुले उपभोक गरि बचेको काठ बेचेर बन समूहको कोष बढाउनु थियो। उक्त बन उपभोक्ता समुहका केहि सदस्य हरुका अनुसार आफु हरुको माग अनुसार काठ वितरण नगरी मिलेमतोमा ठेकेदार लाई बिक्रि गरियो। उपभोक्ताको जन गुनासो प्राप्त भए पछि "तेस्रो आँखा" का पत्रकार हरुले बन कटान क्षेत्रको अनुगमन गरेको थियो। अनुगमनका क्रममा सालका रुख हरु अबैज्ञानिक तरिकाले काटिएको शंखा लागे पछि "तेस्रो आँखा डट्कमले" दंगीशरण सब डिभिजन बन कार्यालय श्रीगाउँ संग सुचना अधिकार ऐन, २०६४ को दफा ३ (१) बमोजिम सालका रुख कटान सम्बन्धि बिस्तृत सुचना मागेको थियो। दंगीशरण सब डिभिजन बन कार्यालय श्रीगाउँले केहि सुचना उपलब्ध गराए पनि सबै सुचना आफु संग नभयको जानकारी दियो।
दंगीशरण सब डिभिजन बन कार्यालय श्रीगाउँले तेस्रो आँखा डट्कम लाई बोधार्थ पठायको पत्रमा गत आर्थिक वर्षको बार्षिक कार्यक्रयामको प्रगति प्रतिबेदन, लेखा परिक्षण प्रतिबेदन लगायत निवेदकले माग गरेका अन्य सुचना एवं विवरण हरुका प्रमाणित कागजात हरु यथाशिग्र उपलब्ध गराउनको लागि भवानी सामुदायिक बन उपभोक्ता समूह लाई पत्र काटेको छ। भवानी सामुदायिक बनका अध्यक्ष भिम बहादुर बिक हुन।
भवानी सामुदायिक बन उपभोक्ता समूहका केहि उपभोक्ता हरुका अनुसार नियम बिपरित योग्यता नपुगेका (साना) सालाका रुख हरु मिलेमतोमा काटिएको, उपभोक्ता हरु लाई प्रयाप्त रुपमा वितरण नगरी बजार भाउ भन्दा सस्तोमा ठेकेदार लाई बेची भवानी सामुदायिक बन उपभोक्ता समूह लाई आर्थिक घाटा लगाई अध्यक्षले आर्थिक लाभ लिएको आरोप छ।
