काठमाडौं, मंसिर १० । पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा १० हजार ४४६ जनाको नमुना परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो । ७ मन्त्रालयकाअनुसार हजार ८२९ जनाको पिसिआर परीक्षण र २६१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल ७ हजार २८७ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ । शुक्रबार ३०२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

