• ट्रेण्डिङ्ग :
एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य


  • 3.2K
    SHARES
    • मंसिर ३, २०८२ मंगलबार
    • १० महिना अघि
    • 5.0K Views

    एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

    काठमाडौँ, मङ्सिर २ गते । ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६७ रनको बलियो लक्ष्य दिएको छ । 

    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनायो । 

    कर्णालीका लागि पान्चालले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाउनुभयो ।

    बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्भिरले एक एक विकेट लिनुभयो । 

     


    तेस्रो आँखा