• ट्रेण्डिङ्ग :
एनपिएल : चितवनले विराटनगरलाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य दियो

एनपिएल : चितवनले विराटनगरलाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य दियो


  • 1.1K
    SHARES
    • मंसिर ११, २०८२ बुधबार
    • ९ महिना अघि
    • 1.6K Views

    एनपिएल : चितवनले विराटनगरलाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि चितवन राइनोजले विराटनगर किङ्सलाई एक सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

    images

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७४ रन बनायो । 

    चितवनका लागि रवि बोपराले अर्धशतकीय पालि खेल्नुभयो । उहाँले ३८ बलमा तीन चौका र चार छक्काको सहोगमा सर्वाधिक ६५ रन बनाउनुभयो ।

    यस्तै सैफ जईवले ३२, कप्तान कुशल मल्लले अविजित २०, देव खनालले २८ र डेविड मलनले १७ रन बनाउनुभयो । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्सेन्ट डे लन्जले दुई दुई तथा शुभम् रन्जनेले एक विकेट लिनुभयो । 

    विराटनगर लगातार चौथो जित निकाल्ने तयारीमा छ । अपराजित विराटनगर यसअघिका तीन खेल जितेर ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

    विराटनगर एनपिएलमा अपराजित दोस्रो टोली हो । समान ६ अङ्कसहित सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा छ । यस्तै चितवन राइनोज आज दोस्रो जित निकालेर प्लेअफ यात्रा जिवित राख्न चाहन्छ ।

    यसअघि चितवनले दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको थियो । दुई अङ्कका बनाएको चितवन अहिले तालिकाको पाँचौँ स्थानमा छ । 

     

     

     


    तेस्रो आँखा