• ट्रेण्डिङ्ग :
एनपिएल : सुदूरपश्चिमले चितवनलाई १७० रनको चुनौतीपूर्ण लक्ष्य दियो

एनपिएल : सुदूरपश्चिमले चितवनलाई १७० रनको चुनौतीपूर्ण लक्ष्य दियो


  • 1.7K
    SHARES
    • मंसिर १९, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 2.5K Views

    एनपिएल : सुदूरपश्चिमले चितवनलाई १७० रनको चुनौतीपूर्ण लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सले जितका लागि चितवन राइनोजलाई एक सय ७० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

    images

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६९ रन बनायो । 

    सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ७५ रनमा रिटायर्ड हर्ट हुनुभयो । उहाँले ५६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

    यस्तै ओपनर विनोद भण्डारीले २३ र पुनित मेहराले १३ रन बनाउनुभयो । आरिफ शेखले र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित समान २४/२४ रन बनाउनुभयो । 

    बलिङमा चितवनका सैफ जइबले दुई विकेट लिनुभयो । रन्जित कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिनुभयो । सुदूरपश्चिम यसअघिनै प्लेअफमा पुगिसकेको छ । चितवनलाई प्लेअफमा पुग्न जित्नैपर्ने बाध्यता छ । 

     

     

     
     
     
     
     


    तेस्रो आँखा