काठमाडाैं, १२ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीलाई उनका कार्यकर्ताले एमालेका प्राइभेट लिमिटेड जस्तो बनाउन लगाएको बताएका छन् । ओलीले कम्युनिष्ट सिद्धान्त भन्दा पनि कार्यकर्तालाई केपी बा आइ लभ यु भन्न सिकाएको र कार्यकर्ताले पनि ओलीलाई बा मानेर पार्टीलाइ नै ओलीको प्राइभेट कम्पनी जस्तो बनाउन लगाएको बताएका हुन् ।
आज गुल्मीमा पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सृजना गरेको बताए । ओलीको त्यही गुण्डाराज र एकाधिकारवादी शैलीका कारण पार्टीमा विद्रोह भएको नेपालले बताए । ‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु भनेर चल्दैन, यो कुनै निति सिद्धान्त हैन ।
कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ओली ।’ देशमा एमाले पार्टी नभएकाले ओली पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुँलो पार्ने उनको भनाइ छ । केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न कार्यकर्तालाई नेपालले आग्रह गरे ।
