• ट्रेण्डिङ्ग :
गैरआवसीय नेपालीको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकका लागि उपयोग गरौं: राष्ट्रपति भण्डारी

गैरआवसीय नेपालीको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकका लागि उपयोग गरौं: राष्ट्रपति भण्डारी


  • 10.3K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    गैरआवसीय नेपालीको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकका लागि उपयोग गरौं: राष्ट्रपति भण्डारी

    काठमाडौं, १२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, प्रविधि, विकास र धनलाई मुलुकको हितका लागि उपयोग गर्न आह्वान गरेकी छन् ।

    images

    गैरआवसीय नेपाली संघ (एनआरएन)को १०औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामू चिनाउन खेलेको भूमिकाको प्रशंशा पनि गरिन् ।

    ‘गैरआवसीय नेपालीले प्राप्त गरेको ज्ञान, सिप र धनलाई मुलुकको हितका लागि उपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ होटल हिमालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले भनिन, ‘नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन गैरआवसीय संघले खेलेको भूमिका प्रशंशनीय छ ।’ 

    कोभिड महामारी, भूकम्पदेखि अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने गरेका कारण एनआरएनको भूमिका अझ बढेको र यसले निरन्तरता पाउनुपर्नेमा राष्ट्रपति भण्डारीले जोडसमेत गरेकी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप