• ट्रेण्डिङ्ग :
रास्वपा प्रधानमन्त्रीको साथमा छ, चुनाव गराउनुस :  रवि लामिछाने

रास्वपा प्रधानमन्त्रीको साथमा छ, चुनाव गराउनुस :  रवि लामिछाने


  • 3.3K
    SHARES
    • पौष ५, २०८२ शनिबार
    • १० महिना अघि
    • 5.0K Views

    रास्वपा प्रधानमन्त्रीको साथमा छ, चुनाव गराउनुस :  रवि लामिछाने

    काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुहार उज्यालो बनाएर निर्धक्कसँग कामरकारबाही अघि बढाउन आग्रह गरेका छन् ।

    images

    आज चितवनवासीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले आफू नक्खु कारागारमा रहेका बेला कहिलेकाहीँ टेलिभिजन हेर्दा प्रधानमन्त्री कार्कीको अनुहार अँध्यारो देख्ने गरेको बताए । त्यसबीच उनले प्रधानमन्त्री कार्कीको साथमा रास्वपा रहेको बताए ।

    उनले भनेका छन् ‘आफ्नो अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, रास्वपा तपाईँको साथमा छ, सुशासनको डण्डा चलाउनुहोस् । चुनाव गराउनुहोस् । रास्वपा तपाईँको साथमा छ । अनुहारमा हाँसो ल्याउनुहोस् प्रधानमन्त्रीज्यू ।’

     


    तेस्रो आँखा