• ट्रेण्डिङ्ग :
तुलसीपुरबाट स्रोत नखुलेको ६० लाख बढी रकम बरामद

तुलसीपुरबाट स्रोत नखुलेको ६० लाख बढी रकम बरामद


  • 2.6K
    SHARES
    • पौष १५, २०८२ मंगलबार
    • ८ महिना अघि
    • 4.0K Views

    तुलसीपुरबाट स्रोत नखुलेको ६० लाख बढी रकम बरामद

    दाङ, १५ पुस । दाङको तुलसीपुरबाट स्रोत नखुलेको ६० लाख बढी रकम बरामद गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गोलौराको एक घरबाट लुकाई राखेको अवस्थामा ६० लाख भन्दा बढी रकम बरामद गरेको छ । उक्त रकम अहिले मेसिनबाट गन्ने कार्य भईरहेको वडा अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो ।

    images

    लक्ष्मी टोल स्थित दुर्गा केसीको घरबाट उक्त रकम बरामद गरिएको हो । उनको घरमा काठमाडौंबाट आएका आफन्तिले उक्त रकम ल्याएर राखेको बुझिएको छ ।

    प्रहरीले मंगलबार विहान १० बजेतिर केसीलाई पक्राउ गरेर अनुसनधान थालिरहेको छ । उक्त रकम चोरी गरेर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । लाइभ दाङ 


    तेस्रो आँखा