काठमाडाैं,१३ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। आज बिहान प्रचण्डको निवास खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाणबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।
स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाका वर्तमान अवस्थाबारे पनि उनीहरूबीच छलफल भएको छ । ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। यसैबीच सत्तागठबन्धनबीच चुनावी तालमेलको पनि तयारी छ। तालमेलबारे नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि छलफल भइरहेका छन्।
चुनावी तालमेलका विषयमा नेपाली कांग्रेसभित्र दुइ धार देखिएको वेला सभापति देउवा निकट मानीएका गृहमन्त्री खाणसँग प्रचण्डको भेटलाई आगामी राजनीतिक गठजोडसँग हेर्न सकिन्छ । प्रचण्ड र माधव नेपाल कांगग्रेसको निर्णय पर्खेर बसेका छन् । उनीहरु चुनावी एकता र सम्मान जनक उपस्थितिका लागी जोडतोडका साथ लागीरहेका छन् ।
