• ट्रेण्डिङ्ग :
माओवादी छोड्नेहरू पदका लोभी हुन् - शिक्षामन्त्री पौडेल

माओवादी छोड्नेहरू पदका लोभी हुन् - शिक्षामन्त्री पौडेल


  • 5.6K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    माओवादी छोड्नेहरू पदका लोभी हुन् - शिक्षामन्त्री पौडेल

    काठमाडौं, १३ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन् ।

    images

    नेकपा (माओवादी केन्द्र) जैमिनी नगरपालिका बागलुङले आज आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका नेतासमेत रहेका मन्त्री पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको टिप्पणी गरे ।

    माओवादीबाट गएका केही नेताहरूले माओवादीलाई नै सरापेको देख्दा आफू अचम्म परेको बताए । उनले आगामी स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास भइरहेको बताउँदै पहिले माओवादी मजुबत हुने गरी पार्टी संगठन विस्तारमा लागेको बताए ।

    उनले देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेको बताए । उनले समाजवादी क्रान्तिका लागि शक्तिशाली पार्टी निर्माणको सङ्कल्प माओवादीले गरेको बताउँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे । 


    तेस्रो आँखा