• ट्रेण्डिङ्ग :
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने


  • 2.6K
    SHARES
    • माघ १९, २०८२ आइतबार
    • ७ महिना अघि
    • 4.0K Views

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

    देउखुरी (दाङ), माघ १८गते । यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ ।

    images

    आज यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलबिच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।

    प्रतिष्ठानका निमित्त डीन प्राडा .रमेश कँडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा.उमेश नेपालको रोहबरमा उक्त सम्झौता भएको हो ।यहाँ क्यान्सरसम्बन्धी उपचारको व्यवस्था नहुँदा यसअघि साविक राप्ती अञ्चलसहित पश्चिम नेपालका नागरिकमा चितवन, काठमाडौँलगायत सहरमा महँगो शुल्क तिरेर उपचार गराउन जानुपर्ने बाध्यता थियो ।

    उक्त सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. लम्सालले विश्वास व्यक्त गर्नुभयो । 

    क्यान्सर पीडितले स्थानीय क्षेत्रमा उपचार सेवा पाउने भएपछि समय र खर्चको बचत हुने उहाँले बताउनुभयो ।  रासस

     


    तेस्रो आँखा