• ट्रेण्डिङ्ग :
तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौं उडान रद्द, सबै विद्यालय बन्द

तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौं उडान रद्द, सबै विद्यालय बन्द


  • 7.0K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    तीन जनामा कोभिड देखिएपछि सांघाइमा सयौं उडान रद्द, सबै विद्यालय बन्द

    सांघाई, १० मंसिर । सांघाईमा तीन जनामा कोभिड १९ देखिएपछि सयौं उडान रद्द गरिनुका साथै विद्यालय बन्द गरिएका छन् । त्यस्तै, सो क्षेत्रमा गरिने सबै भ्रमण स्थगित गरिएको छ ।

    images

    चीनले कोभिडलाई शून्यमा झार्ने बताउँदै आएको छ । यात्रा प्रतिबन्ध देखि लकडाउनसम्मका उपाय लगाएर बेइजिङले कोभिड नियन्त्रण गर्न सफल भएको छ । तर, पछिल्ला समयमा केही सहरमा कोभिड संक्रमण देखिन थालेको छ । 

    नजिकको सुझोउ सहरमा यात्रा गरेका तीन जनामा कोभिड पोजेटिभ देखिएपछि सावधानीस्वरुप विभिन्न प्रतिबन्ध लगाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोभिड भएका तीनै जनाले खोप लगाएका थिए ।

    सांघाईमा शुक्रबार ५०० भन्दा बढी उडान रद्द गरिएका छन् । त्यस्तै सांघाई सरकारले अन्तरप्रान्तीय भ्रमण रद्द गरेको छ । त्यसैगरी सांघाईका ६ ओटा अस्पताल बन्द गरिएका छन् । 

    सांघाईबाट १०० किलोमिटर टाढा रहेको सुझोउ सहरमा एक करोड ३० लाख मानिस बसोबास गर्छन् । अहिले त्यहाँका सम्पूर्ण पर्यटकी क्षेत्र बन्द गरिएको छ । सहर छोड्नुअघि सबै नागरिकलाई कोभिड नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने भएको छ । 


     

  • सम्बन्धित विषय:

  • # काेराेना
  • # सांघाइ
  • # चीन

  • तेस्रो आँखा