• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचनमा  एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय तह निर्वाचनमा  एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता


  • 5.9K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    स्थानीय तह निर्वाचनमा  एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    काठमाडौं, १३ चैत । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।
     
    निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 
     
    आयोगका अनुसार सवैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६ मनाङमा मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौं छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।
     
    मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने यसपटक नयाँ व्यवस्था गरिएको छ । उक्त निर्वाचनका लागि मतदानस्थल १० हजार ७५६ र मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको उनले जानकारी दिए । 

    images


    तेस्रो आँखा
    लेखकबाट थप