• ट्रेण्डिङ्ग :
हिमपातपछि खुलेको धवलागिरि र मनमोहक तोरीपानी

हिमपातपछि खुलेको धवलागिरि र मनमोहक तोरीपानी


  • 2.3K
    SHARES
    • माघ २५, २०८२ शनिबार
    • ८ महिना अघि
    • 3.5K Views

    हिमपातपछि खुलेको धवलागिरि र मनमोहक तोरीपानी

    म्याग्दी, माघ २४ । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमशृङ्खलाको मनोरम दृश्य । एक साताअघि भएको हिमपातले धवलागिरि सेताम्मे भएको छ ।

    images

    बेनीबजारदेखि करिब ३० मिनेटको सवारी साधनको यात्रापछि पुग्न सकिने तोरीपानी पर्यटकीय गाउँका रूपमा विकास हुन थालेको छ । यहाँ आउने पाहुनाको सुविधाका लागि तोरीपानी सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।

    समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि र अन्नपूर्ण हिमाल देखिन्छन् । मसलेदार फल टिम्मुर खेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानीको शिरमा पर्यटकीय स्थल टोड्के, ऐतिहासिक स्थल ढोलथान दरबार र धार्मिक स्थल जगन्नाथ रहेका छन् ।


    तेस्रो आँखा