• ट्रेण्डिङ्ग :
कोरोना भाइरसको संक्रमणदर बढेपछि चीनको संघाई शहरमा ९ दिन लकडाउन 

कोरोना भाइरसको संक्रमणदर बढेपछि चीनको संघाई शहरमा ९ दिन लकडाउन 


  • 6.1K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    कोरोना भाइरसको संक्रमणदर बढेपछि चीनको संघाई शहरमा ९ दिन लकडाउन 

    काठमाडौं, १४ चैत। कोभिड संक्रमण बढेपछि चीनको संघाईमा फेरि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण दर कम नभएपछि सो शहरमा ९ दिने लकडाउन घोषणा गरिएको हो ।

    images

    दुई चरणमा ९ दिनका लागि गरिएको लकडाउन संघाई शहरको पुर्वी भागमा आजदेखि १ अप्रिलसम्म र पश्चिमतर्फ अप्रिल १ देखि ५ अप्रिलसम्म लागु हुनेछ ।

    सो अवधिभर यातायात सेवा पूर्ण रुपमा बन्द रहनेछ भने कलकारखानाहरुमा भौतिक दुरी कायम गरी काम गर्नुपर्ने छ ।

    विश्वका अन्य देशहरुमा ओमिक्रोन भेरियन्ट केही हदसम्म नियन्त्रणमा आए पनि चीनमा पछिल्लो समय संक्रमण नियन्त्रणमा आउन सकेको छैन । उनीहरुका अनुसार लकडाउनको अवधिभर कोरोना नियन्त्रणमा नआए लकडाउनको अवधि पुनः बढाइनेछ ।

     


    तेस्रो आँखा