• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जाँदै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जाँदै


  • 17.3K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 26.6K Views

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जाँदै

    काठमाडौं, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदैछन् । रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्‍याउनेगरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा जान लागेका हुन् ।

    images

    करिब ६ करोडको निर्माणमा बनेको यस टावरमा १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहिद भएका एक हजार भन्दा बढि सहिदको नाम राखिएको छ भने कतिपयको शालिक पनि बनाइएको छ ।

    टावरको उद्घाटन पछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


    तेस्रो आँखा