• ट्रेण्डिङ्ग :
पूर्वराजाकै कारण राजसंस्था पुनःस्थापनको सम्भावना समाप्त भयो - कमल थापा 

पूर्वराजाकै कारण राजसंस्था पुनःस्थापनको सम्भावना समाप्त भयो - कमल थापा 


  • 6.6K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    पूर्वराजाकै कारण राजसंस्था पुनःस्थापनको सम्भावना समाप्त भयो - कमल थापा 

    काठमाडौं, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको बताएका छन् ।  

    images

    राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमक सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताएका हुन ।

    राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष उनको भनाइ छ ।  

    उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पारे । अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए । 

     

     

     

     


    तेस्रो आँखा