• ट्रेण्डिङ्ग :
साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने

साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने


  • 4.7K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने

    काठमाडौं, १४ चैत्र ।  निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।
     
    दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । जिल्लामा संगठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्नेगरी आयोगले मतपत्र तयार गर्न लागेको छ । 

    images

    दलको जिल्लागत संगठन संरचनाका आधारमा जिल्लागत तहमा दलको सङ्ख्यात्मक उपस्थिति भिन्नभिन्न रहेको छ । राष्ट्रिय मान्यता प्राप्त छसहित ७३ राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएका थिए । राष्ट्रिय मान्यता प्राप्तबाहेकका दललाई आआफ्नो दलको निर्वाचनमा चुनाव चिह्नमा निर्वाचनमा भाग लिने भए जिल्लागत क्रियाशील संगठन संरचना बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो । यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो ।

    स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाइका लागि आयोगले जनकशिक्षा सामग्री केन्द्रलाई तयारी हालतमा राखेको छ । मतपत्रका लागि आयोगले आवश्यक कागजको यसअघि नै व्यवस्थापन गरिसकेको छ ।

     


    तेस्रो आँखा