• ट्रेण्डिङ्ग :
अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु - अध्यक्ष प्रचण्ड

अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु - अध्यक्ष प्रचण्ड


  • 10.0K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु - अध्यक्ष प्रचण्ड

    काठमाडौं, १४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झने गरेको बताएका छन्।  रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झने गरेको बताएका हुन् । 

    images

    उनले भने 'विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थे ।' पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गरे ।

    हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्ने उनको भनाइ छ ।  यस्तै उनले दशवर्षे सशस्त्र युद्धको स्मरण समेत गरे । सशस्त्र युद्धलाई नयाँ उचाइ दिन रोल्पा र रुकुमले आधार इलाकाका रूपमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए । 

    भ्यू टावरको उदघाटन 

    रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका छन् । भ्यू टावर उद्घाटन गर्दै प्रचण्डले रोल्पाले विकासको नयाँ मोडेल दिनुपर्ने बताए । उनले भने 'रोल्पाले ध्वंश मात्र हैन निर्माण पनि गर्छ भनेर जवाफ दिनुपर्ने बेला आएको छ ।'

    प्रचण्डले भ्यू टावरको दशौँ तला चढरे रोल्पा र प्यूठानका विभिन्न भूभागको दृश्यावलोकनसमेत गरेका थिए । विसं दुई हजार ५५ मिटर उचाइमा रहेको रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्यू टावर बनाइँदैछ । चक्रेश्वरी/ब्राइट जेभी काठमाडौंले ठेक्का लिएको टावर निर्माणको काम गत असारमा सम्पन्न गर्ने सम्झौता भए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो । ११२ फिट अग्लो यो टावरको कूल ठेक्का रकम ९भेरियशनसमेत० रु चार करोड ७६ लाख ८७ हजार ६६५ रहेको नगरपालिकाको भनाइ छ ।

     
     




    तेस्रो आँखा