• ट्रेण्डिङ्ग :
पानी पर्दा चैते धानबालीलाई राहत

पानी पर्दा चैते धानबालीलाई राहत


  • 2.5K
    SHARES
    • चैत्र ८, २०८२ आइतबार
    • ५ महिना अघि
    • 3.9K Views

    पानी पर्दा चैते धानबालीलाई राहत

    कल्याणपुर (सप्तरी), चैत ८ गते । शुक्रबार राति भएको वर्षाले चैते धानबाली लगाएका किसानहरु हर्षित भएका छन् । पानी परेपछि चैतेधान खेती गर्ने सप्तरीका किसानहरु हर्षित भएका हुन् ।

    images

    बोर्डिङकै भरमा खेतमा चैतेधानबाली लगाएका किसानहरुले वर्षापछि राहत महसुस गरेको रुपनी ४ का किसान रामरतन यादव बताउनुहुन्छ । उहाँले अहिले भएको वर्षाले धान रोपिसकेका र रोप्न लागेका दुबै किसानलाई फायदा भएको बताउनुभयो ।

    चैतेधान रोपाइँ गरेका किसानहरुका लागि प्रारम्भिक चरणमै पानी अत्यन्त आवश्यक हुने भएकाले यो वर्षाले बाली सप्रिने र उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले बताउनुभयो ।

    स्थानीय किसानहरुका अनुसार सिँचाइका लागि मोटर र डिजेल पम्प प्रयोग गर्दा लागत बढ्ने भएकाले वर्षा नहुँदा समस्या हुँदै आएको थियो । तर हाल परेको पानीले खेतमा पर्याप्त चिस्यान पुगेको र बालीको वृद्धि राम्रो हुने विश्वास गरिएको छ ।


    तेस्रो आँखा