• ट्रेण्डिङ्ग :
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु


  • 2.2K
    SHARES
    • चैत्र १९, २०८२ बिहीबार
    • ५ महिना अघि
    • 3.3K Views

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    भक्तपुर, चैत १९ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । बिहीबार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् ।

    images

    परीक्षा यही चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन्  ।

    तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकाहरुलाई थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको छ । त्यसैगरी, उनीहरुलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ ।


    तेस्रो आँखा