• ट्रेण्डिङ्ग :
न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन

न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन


  • 5.8K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन

    काठमाडौं, १५ चैत्र । संघीय संसद् संसदीय सुनुवाइ समितिले  सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश  तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उनीसँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

    images

    नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन उनले विभिन्न समय र स्थानमा रही  चालेको कदमको समिति सदस्यले  सो अवसरमा प्रशंसासमेत गरे । 

    न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दै आएका छन् । न्याय परिषद्ले उनको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।

    उनले अदालतमा मुद्दा छिनोफानोका क्रममा  विद्युतीय प्रणाली अवलम्बन, पेसी र फैसला तयारीबारे सेवाग्राहीलाई जानकारी, स्थानीय तहका पदाधिकारीसँग मुद्दा छिनोफानोका सम्बन्धमा अन्तक्रिया र प्रशिक्षण, अदालतमा निःशुल्क कानुनी फाँट, न्यायिक सञ्जाल, ‘मिट दि जज’ तथा फैसलामा हार्ने पक्षलाई चित्त बुझाउने फैसला लेखनजस्ता महत्वपूर्ण कार्यको सुरुआत गरेका छन् । 


    तेस्रो आँखा