• ट्रेण्डिङ्ग :
राति लुम्बिनी प्रदेशको पहाडी भूभागमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

राति लुम्बिनी प्रदेशको पहाडी भूभागमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना


  • 2.6K
    SHARES
    • बैशाख १९, २०८३ शनिबार
    • ४ महिना अघि
    • 4.1K Views

    राति लुम्बिनी प्रदेशको पहाडी भूभागमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

    काठमाडौँ, वैशाख १९  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

    images

    महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । 

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । 

    आज शनिबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    भोलि आइतबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । 

    पर्सी सोमबार कर्णाली प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।


    तेस्रो आँखा