• ट्रेण्डिङ्ग :
महानगरबासीलाई नेता सिंहकाे प्रश्न जनताकाे करबाट व्याज खाने मेयर छान्ने की रहरलाग्दो शहर बनाउने मेयर 

महानगरबासीलाई नेता सिंहकाे प्रश्न जनताकाे करबाट व्याज खाने मेयर छान्ने की रहरलाग्दो शहर बनाउने मेयर 


  • 9.8K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    महानगरबासीलाई नेता सिंहकाे प्रश्न जनताकाे करबाट व्याज खाने मेयर छान्ने की रहरलाग्दो शहर बनाउने मेयर 

    काठमाडौं, १६ चैत्र। कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै नसकिएकाले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरुबीच तालमेल गरेर जानुपर्ने बताएका छन्। आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसितको भेटघाट का क्रममा उनले कहाँ कसरी तालमेल गर्ने विषयमा छिटै दलहरु बसेर मोडालिटी तय गर्ने बताएका हुन् ।

    images

    कांग्रेसको संसदमा उपस्थिति कस्तो थियो कसरी कस्का कारण कांग्रेस नेतृत्व सरकार निामर्ण भयो यी सबै कुरा सबैले ख्याल राख्नुपर्ने उनको भनाइ  छ।  उनले के अब गठबन्धनको औचित्य सकिएको हो त ? भन्ने प्रश्न गर्दै वास्तविकताको धरातलमा उभिन सबैलाई अपिलसमेत गरे ।

    उनले नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी कांग्रेस भएको कुरा नबिर्सन सबैलाई आग्रह समेत गरे।  उनले अब चुनाव नजिक आईसकेकाले कुन पार्टीले के गरिरहेको छ जनताले लेखाजोखा गर्ने बेला आएको बताए । 

    नेता सिंहले अब महानगरबासीले जनताले तिरेको कर बैंकमा जम्मा गरेर व्याज खाने खाल्को मेयर छान्ने कि जनताको करबाट रहरलाग्दो शहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले गम्भीरता साथ सोचेर निर्णय लिन समेत काठमाडौ महानगरबासीलाई अपिल गरे । 


    तेस्रो आँखा