दाङ,चैत १६ ।
दाङ कांग्रेसले नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको सम्झनामा स्मृति दिवस मनाएको छ । घोराही स्थित कांग्रेसको जिल्ला पार्टी कार्यालयमा खड्काको चौथो स्मृति दिवस मनाईएको हो । कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्व एबं कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीको प्रमुख आतिथ्य एबं कांग्रेस लुम्बिनी प्रदेश समितिका सह महामन्त्री खगराज पाण्डेको बिशिष्ट आतिथ्यमा स्मृति सभाको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एबं केन्द्रीय सदस्य केसीले खड्काको अभाव नेपाली कांग्रेसका लागि सदैव खड्किरहने बताए । सबल कांग्रेस निर्माणका लागि अहम भुमिका खेलेको भन्दै उनले खड्का सिंगो कांग्रेसका लागि मियोका रुपमा रहेको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथी कांग्रेसका प्रदेश सहमहामन्त्री पाण्डेले पनि खड्काले सबल कांग्रेस निर्माणका लागि गरेको योगदानसंगै बिकास निर्माणका लागि खड्काले खेलेको भुमिकाको चर्चा गरे । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि खड्काको अपरिहार्यता कांग्रेसका लागि रहेको बताएका थिए ।
कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका सदस्यहरु प्रचण्ड न्यौपाने,पुष्पा श्रेष्ठ मोती भण्डारी, कांग्रेस दाङका उपसभापतिहरु गिरीराज सुवेदी, कमानसिंह भारती, जिल्ला सचिव अर्जुन योगी , महासमिति सदस्य भुपबहादुर डाँगी, कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्का,दाङ कांग्रेसका नेता भरतबहादुर न्यौपाने, पूर्व जिल्ला कोषाध्यक्ष सावित्रा राणा, महाधिवेशन प्रतिनिधिहरु गोालराज शर्मा,बद्रीकुमार खड्का, दिपक पाण्डे,जिल्ला सदस्यहरु यज्ञ बस्नेत,खेम बिक, मन्जु बज्राचार्य, जिल्ला नेता खड्कबहादुर बिश्वकर्मा लगाएतले धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण कांग्रेस जिल्ला सचिव बालिका लम्सालले गरेकी थिईन् ।
