• ट्रेण्डिङ्ग :
बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति

बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति


  • 1.5K
    SHARES
    • आषाढ १, २०८३ सोमबार
    • ३ महिना अघि
    • 2.3K Views

    बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति

    दाङ, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३्–८४ को बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा बसेको मन्त्रीपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो।

    images

    बैठकपछि सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेका प्रस्तावहरू मन्त्रीपरिषद्बाट स्वीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छ। बजेट प्रस्तुत गर्नका लागि सोमवार बेलुका ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ।

    मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३्–८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ। त्यसैगरी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक र आगामी आर्थिक वर्षको बजेट वक्तव्यसहितको राजस्व तथा व्ययको अनुमान प्रदेश सभामा पेश गर्न पनि स्वीकृति प्रदान गरिएको छ। 

    आगामी आर्थिक वर्षको बजेटमा प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनाको निरन्तरता, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

    प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२्–८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षको बजेटको आकार, स्रोत व्यवस्थापन तथा प्राथमिकताका क्षेत्रबारे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

     


    तेस्रो आँखा