काठमाडौं, १७ चैत । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्क्रिय भएका थिए । अध्यादेश निष्क्रिय हुँदा यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउन सकेका थिएनन् ।
