• ट्रेण्डिङ्ग :
गठबन्धनको पक्षमा कांग्रेस दृढ छ -देउवा

गठबन्धनको पक्षमा कांग्रेस दृढ छ -देउवा


  • 6.2K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    गठबन्धनको पक्षमा कांग्रेस दृढ छ -देउवा

    काठमाडाैं,१७ चैत्र । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको पक्षमा दृढ रहेको बताएका छन् ।   काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेको भन्दै काँग्रेसले स्थानीय चुनावमा वर्तमान सत्ता गठबन्धनसँगै चुनावी तालमेल गरेर जाने  प्रधानमन्त्री देउवाले बताए ।

    images

    ‘कांग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुइमत छैन’, देउवाले भने,‘ हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा कुनै दुई मत छैन ।’ । उनले काँग्रेस गठबन्धनको विपक्षमा कुनै हालतमा जान नसक्ने पनि बताए ।‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन’, देउवाले  गठबन्धन अझ एकतावद्ध बनाएर लैजान प्रतिवद्ध रहेको दावी गरे । हामी अझ बढी एकतावद्ध भएर अघि बढ्छौ’, उनले भने । अप्ठेराहरुलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको भएको भन्दै अप्ठेरासँग भाग्ने नमिल्ने देउवाले बताए ।  

     


    तेस्रो आँखा
    लेखकबाट थप