काठमाडाैं,१७ चैत्र । नेपाली राजनीतिमा छिमेकी मुलुकले चासो राख्ने र दलहरुबीच फुट र जुटको खेल खेलाउन परम्परा कायमै छ । विशेषगरी छिमेकी मुलुक चीन र भारतको चासो नेपाली कारजनीतिमा बढी नै हुन्छ । नेपालको पछिल्लो राजनीतिमा चीनको बढी चासो व्यक्त गरेको पाइन्छ ।
खासगरी नेपालका कम्युनिष्ट पार्टीहरु एकठाउमा बनाउन हर प्रयासहरु गरिनै रहेको छ । चीनकै पहलमा एमाले माओवादीबीच भएको पार्टी एकता पछिको नेपाल कम्युनिष्ट पार्टी पुनः चारभागमा विभाजन भएको छ । सत्ता स्वर्थामा केन्द्रीत नेपाली कम्युनिष्ठहरुलाई चीनले मिल्न प्रयत्न गरेपनि अहिलेनै त्यो सम्भावना देखिएको छैन् ।
केही कम्युनिष्ट नेताहरु वाम एकताको पक्षमा लेख्ने र बोल्ने गरिरहेका छन् । चीनले पनि नेपाली नेताहरुलाई वामपन्थी एकता गर्नु भनेर पठाएको बुझिएको छ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले चीनले नेपालमा वामपन्थी एकता चाहेको बताएका छन्। वाम एकतामा चीनको स्वभाविक चासाेभएको गुरूङको भनाइ छ ।
‘वाम एकतामा उसको स्वभाविक चासो हो। एउटा कम्युनिष्ट पार्टीले यस्तो अपेक्षा राख्नु र सुझाव दिनु नयाँ होइन,’ उनले भने,‘उनीहरूले नेपालको स्थिरता, स्थायित्वको र विकासको लागि कम्युनिष्टहरू मिल्दा राम्रो हुन्छ भन्ने सुझाव दिएका छन्।’ ‘चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्ट’ नामक संस्थाको निमन्त्रणामा गुरूङ चैत ११ गते चीन गएका थिए। उनी मंगलबार नेपाल फर्किएका हुन्।
बेइजिङमा रहँदा नेताहरूसँग भेट्ने औपचारिक कार्यक्रम नभए पनि साँझ बिहान अनौपचारिक छलफल भएको उनले बताए।चिनियाँ नेताहरूले अमेरिकी सहयोग परियोजना एमसिसी एसिया प्रशान्त रणनीति आइपिएसकै अंग भएको दाबी गरेको गुरूङले बताए। संसदबाट घोषणा भएको १२ बुँदेले आइपिएसको अंग हो भन्ने रोक्नेमा आशंका रहेको समेत उनीहरूको भनाइ थियो।
