• ट्रेण्डिङ्ग :
बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश


  • 1.4K
    SHARES
    • आषाढ १८, २०८३ बिहीबार
    • २ महिना अघि
    • 2.1K Views

    बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    काठमाडौँ, असार १८ गते । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै  अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

    images

    अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान  एक एक गोल गर्नुभयो । खेलको  ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाउनुभयो ।

    त्यसपछि खेलको ६४ औँ मिनेटमा फोलारिन बालोगुनले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि पनि अमेरिकाले खेलको ८२औँ मिनेटमा अर्को गोल थप्यो । उसका लागि टिलम्यानले गोल गर्नुभयो ।

    गए राति भएको अर्को खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोलले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा पुगेका थियो । अब विश्वकपको अन्तिम १६ को खेलमा अमेरिकाले बेल्जियमसँग खेल्नेछ । रासस 

     


    तेस्रो आँखा