• ट्रेण्डिङ्ग :
पशुपतिनाथ मन्दिरमा विशेष पूजा सहित महाआरती गरिने

पशुपतिनाथ मन्दिरमा विशेष पूजा सहित महाआरती गरिने


  • 2.5K
    SHARES
    • श्रावण १, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 3.8K Views

    पशुपतिनाथ मन्दिरमा विशेष पूजा सहित महाआरती गरिने

     अस्टिन, टेक्सास

    images

    श्रावण महिनाका चार सोमवार अस्टिनस्थित पशुपतिनाथ मन्दिरमा भगवान शिवको विशेष पूजा–आराधना (रुद्रीपाठ, रुद्राभिषेक, जलाभिषेक र महाआरती) गरिने भएको छ। वैदिक सनातन हिन्दू परम्पराअनुसार श्रावण महिनामा पशुपतिनाथ मन्दिरमा भगवान शिवको विशेष पूजा आराधना गरिन्छ। शास्त्रीय मान्यताअनुसार श्रावण महिनामा समुद्र मन्थन गर्दा निस्केको हलाहल विष भगवान शिवले पिएर संसारको कल्याण गर्नुभएको थियो। विषको ताप शमन गर्न देवताहरूले भगवान शिवलाई जलाभिषेक गराएका थिए। यही मान्यता र परम्परालाई अनुसरण गर्दै अहिले पनि श्रावण महिनामा शिवको पूजाआर्चना, जलाभिषेक र रुद्राभिषेक गरिन्छ। यसरी भगवान शिवको पूजा अनुष्ठान गर्दा परिवारमा सुख, समृद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास रहेको छ।

    2.jpeg
    भगवान शिवले हलाहल विष पिएर संसारको कल्याण गर्नुभएको थियो। विषको ताप शमन गर्न देवताहरूले भगवान शिवलाई जलाभिषेक गराएका थिए।

    ग्रेटर अस्टिनस्थित पशुपतिनाथ मन्दिरमा आउने सबै भक्तजनलाई पूजा गर्न सजिलो र सुविधाजनक बनाउन मन्दिर व्यवस्थापनले हरेक सोमबार पाँच पटक रुद्राभिषेक, जलाभिषेक र रुद्रीपाठसहित शिवको पूजा गराउने व्यवस्था गरेको पण्डित नारायण खकुरेलले जानकारी दिनुभयो। उहाँका अनुसार रुद्रीपाठसहित मूल विग्रहमा अभिषेक गर्न चाहने भक्तले ५१ डलर शुल्क बुझाउनुपर्नेछ भने साना मूर्तिहरूमा अभिषेक मात्र गर्नेले ३१ डलर शुल्क बुझाउनुपर्नेछ। जल मात्र चढाउन चाहनेहरूलाई शुल्क लाग्ने छैन। हिन्दू मन्दिरहरूमा श्रावण महिनामा शिव भगवानको पूजा र जलाभिषेक गर्नु सामान्य हो, तर यस पशुपतिनाथ मन्दिरमा आउने सबै भक्तजनलाई सजिलैसँग पूजा र आरती गर्न–गराउने तथा महाप्रसादको समेत व्यवस्था गरिएको छ। नेपालकै पशुपतिनाथ मन्दिरको झल्को दिने यस आकर्षक मन्दिरमा हरेक वर्ष आउने भक्तजनको सङ्ख्या बढ्दो क्रममा रहेकाले यसपटक ग्रेटर अस्टिन क्षेत्रबाहिरबाट पनि थप हजारौँ भक्तहरू पूजाका लागि आउने अपेक्षा गरिएको छ।

    3.jpeg
     भगवान शिवले हलाहल विष पिएर संसारको कल्याण गर्नुभएको थियो। विषको ताप शमन गर्न देवताहरूले भगवान शिवलाई जलाभिषेक गराएका थिए।त्यसैको सम्झनामा मानिसहरु  द्वारा जलाभिषेक गरिरहेको सांकेतिक चित्र ।

  • सम्बन्धित विषय:

  • # नारायण भण्डारी

  • नारायण भण्डारी
    लेखकबाट थप