• ट्रेण्डिङ्ग :
लोसपाले आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने, राजधानी नछाड्न सदस्यहरूलाई निर्देशन

लोसपाले आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने, राजधानी नछाड्न सदस्यहरूलाई निर्देशन


  • 5.6K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    लोसपाले आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने, राजधानी नछाड्न सदस्यहरूलाई निर्देशन

    काठमाडौं, १७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिले आवश्यकताअनुसार चुनावी गठबन्धन गर्ने भएको छ ।  

    images

    समितिको बिहिबार सम्पन्न बैठकले आवश्यकताअनुसार कुनै पनि दलसँग गठबन्धन गर्न सकिने निष्कर्ष निकाले हो । बैठकले गठबन्धनसम्बन्धी निर्णय केन्द्रले मात्र होइन स्थानीय तहले पनि अवाश्यकताको आधारमा गर्न सक्ने निर्णय गरेको छ । 

    बुधबारबाट सुरु भएकाे लोसपा बैठक आज बिहीबार सकिएको छ । 

    बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले जुनसुकै समयमा पनि बैठक बस्नुपर्ने भएकाले राजधानी काठमाडौं चैत मसान्तसम्म नछाड्न कार्यकारिणी सदस्यहरूलाई निर्देशन दिएका छन् ।

     


    तेस्रो आँखा