काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले कांग्रेस पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन् ।
नेपाल कांग्रेस काठमाडौ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीले गरेको निर्णय नमानेहरु पार्टी छाडेर जादा हुने बताएका हुन् । कांग्रेसभित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिदा पार्टीलाई राम्रो हुने उनको भनाइ छ ।
नेता सिंहले यसपटक चुनावमा कांग्रेसका नेता कार्यकर्ता कस्ले के गरेको छ भनेर सबैको एक एक हिसाव हुने बताए । उनकाअनुसार गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले सृजना गरेको र मुलुकको आवश्यकता भएको छ । संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाधात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन कायमै रहने समेत बताए ।
स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जानेसमेत बताए । पार्टीभित्रका केही आफूलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठकन्धनविरुद बोल्नुले जनतामा अनावश्यक भ्रम छर्ने काम मात्रै भएको भन्दै पपुलर बन्ने नाउमा पार्टीलाई क्षेति पुराउने काम मात्रै भएको बताए ।
'पार्टीभित्र एकथरि समूह नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभय पछि व्यक्ति रुपमा चरित्र हत्याको अभियानमा लागिरहेको छ, उक्त समूह सामाजिक संञ्जाल र मिडियामार्फत भ्रमको खेतीमा लागिरहेको छ,' उनले भने ।
कमनिस्ठहरु भर्पर्दो र विस्वास गर्न लाएका पार्टी नभएको बताए । मुलुका भ्रम छरेर जनतालाई पटक पटक अल्मलाउने काम मात्रै भएकाले यिनले अवसर पाउँदा के गरे यसकाबारे जनतालाई बुझाउनसमेत कार्यकर्तालाई निर्देशन दिए ।
