• ट्रेण्डिङ्ग :
राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस


  • 1.0K
    SHARES
    • श्रावण २५, २०८३ सोमबार
    • १ महिना अघि
    • 1.5K Views

    राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ, साउन २५ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

    images

    राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हो ।

    संविधानको धारा २९४ मा संवैधानिक निकायले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता ऋतिशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको जनाइएको छ । प्रतिवेदनमा आयोगले उक्त आर्थिक वर्षमा सम्पादन गरेका कामकारबाही तथा गतिविधि समेटिएको छ ।4-25__________________________________________________________________________________________________________________IMG_0001.jpg


    तेस्रो आँखा