काठमाडौं, १८ चैत्र । गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो छिमेकी भारतको तीन दिने औपचारिक भ्रमणमा गएकाले उनले सम्हाल्दै आएको जिम्मेवारी गृहमन्त्री खाँणलाई दिइएको हो ।
राष्ट्रपति कार्यालयद्वारा शुक्रबार दिउँसो जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको अनुपस्थितीमा उनले गर्ने दैनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री खाँणले सम्हाल्ने छन्।
प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
