• ट्रेण्डिङ्ग :
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी


  • 2.6K
    SHARES
    • श्रावण २७, २०८३ बुधबार
    • १ महिना अघि
    • 4.1K Views

    ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

    काठमाडौँ,  साउन २७ गते ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताउनुभएको छ ।

    images

    उद्योग तथा वाणिज्य र श्रम  तथा  उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताउनुभयो । 

    मन्त्री गौरीकुमारीले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताउनुभयो । नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गर्नुभएको छ । उहाँले मङ्गलबारमात्रै १३४ ग्यास बुलेट भित्रिएको बताउनुभयो । उहाँले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दाबी गर्नुभयो ।  रासस

     


    तेस्रो आँखा