• ट्रेण्डिङ्ग :
मोदीखोलाको बाढीले कास्की–पर्वत जोड्ने दुई पुल बगायो

मोदीखोलाको बाढीले कास्की–पर्वत जोड्ने दुई पुल बगायो


  • 1.8K
    SHARES
    • श्रावण २९, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 2.8K Views

    मोदीखोलाको बाढीले कास्की–पर्वत जोड्ने दुई पुल बगायो

    कास्की, साउन २९ । बिहीबार राति करिब २ः१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। साथै, मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी रहेको छ।

    images

    अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित बिरेठाँटी सडकखण्ड नजिक मोदीखोलाको बिचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवतजावतका लागि निर्माण गरिएका दुईवटा मेटल पुल (कास्की र पर्वततर्फका) बाढीले बगाएको हो। बाढीले मन्दिरको आधा भागसमेत क्षति पुर्‍याएको जनाएको छ।

    घटनाका क्रममा मन्दिरमा रहेका एक जना सन्त–पुजारी र दुई जना भक्तजन गरी तीन जना मन्दिरमै फसेको सूचना प्राप्त भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट चार जना रोप–रेस्क्यु तथा तीन जना गोताखोरसहितको टोली घटनास्थलमा पुगेको छ।

    आवश्यक विपद् उद्धार सामग्रीसहित राति २ः३५ बजे खटिएको सुरक्षा टोलीले फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।


    तेस्रो आँखा