• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा दिल्ली पुगे, रक्षा राज्यमन्त्रीद्वारा स्वागत

प्रधानमन्त्री देउवा दिल्ली पुगे, रक्षा राज्यमन्त्रीद्वारा स्वागत


  • 10.3K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    प्रधानमन्त्री देउवा दिल्ली पुगे, रक्षा राज्यमन्त्रीद्वारा स्वागत

    काठमाडौं, १८ चैत्र । भारतको तीनदिने औपचारिक कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्ली पुगेका छन् । चारजना मन्त्रीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडानबाट प्रधानमन्त्री देउवा दिल्ली पुगेका हुन् ।

    images

    प्रधानमन्त्रीलाई भारत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री अजय भट्टले विमानस्थलमा स्वागत गरेका छन् । विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शंकर शर्मा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि स्वागतका लागि पुगेका थिए । 

    प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि शनिबार दुई पक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवासँग आजै साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले भेट्नु हुनेछ भने प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकैया नायडूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री देउवा भोलि शनिबार साँझ बनारस जाने कार्यक्रम छ । त्यहाँ उनले विश्वनाथ मन्दिर र नेपाली पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा आइतबार साँझ स्वदेश फर्कनु हुनेछ ।


    तेस्रो आँखा