• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई दर्ज्यानी चिह्न प्रदान


  • 1.3K
    SHARES
    • भाद्र १, २०८३ सोमबार
    • १ महिना अघि
    • 2.0K Views

    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ, भदौ १ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

    images

    नेपाल र भारतबिच सन् १९५० देखि एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो । तीन दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुग्नुभएको छ ।

    उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो । रासस

     


    तेस्रो आँखा