• ट्रेण्डिङ्ग :
कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन


  • 9.5K
    SHARES
    • चैत्र १९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

    काठमाडौं, १९ चैत्र । ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्र्तगत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् ।

    images

    प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई  निर्वाचन क्षेत्रमा खटाइएको थियो ।

    खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेशसभामा गएर कार्यकर्ता र जनतासँग प्रत्यक्ष भेटेर त्यहाँको वस्तुस्थिति बुझेर आएको पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेको बताउँदै उनले सो प्रतिवेदन आसन्न निर्वाचनमा उम्मेदवारी छनौटका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

    स्याङजा को प्रदेश २ (ख) का प्रतिनिधि शकुन्तला शर्माले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा  पार्टीको उत्साह थपिएको बताए। प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रीद्वय किरणवावु श्रेष्ठ र विष्णु लामिछानेले पार्टीका नेता कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको बताए । प्रदेश समितिले खटाइएका प्रतिनिधि गत चैत ५ देखि परिचालन भएका थिए ।


    तेस्रो आँखा