• ट्रेण्डिङ्ग :
पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री सहयोग

पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री सहयोग


  • 2.4K
    SHARES
    • भाद्र २२, २०८३ सोमबार
    • १ हप्ता अघि
    • 3.7K Views

    पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री सहयोग

    काठमाडौँ, भदौ २२ गते । बाढी प्रभावित नेपाली नागरिकका लागि पाकिस्तानले करिब १०० टन राहत सामग्री नेपाल पठाएको छ।

    images

    पाकिस्तानबाट पठाइएको राहत सामग्रीमा टेन्ट, कम्बल, म्याट, सरसफाइसम्बन्धी सामग्री तथा औषधीलगायतका अत्यावश्यक सामग्री छन्। उक्त राहत सामग्री सोमबार काठमाडौँ आइपुगेको हो।

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री  महावीर पुनले काठमाडौँमा पाकिस्तानका लागि नेपालस्थित राजदूत आमिर खानबाट राहत सामग्रीको जिम्मा ग्रहण गर्नुभएको छ।

    पाकिस्तानको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सहयोग पठाइएको जनाएको छ। पाकिस्तानले उक्त सहयोगले बाढीपीडित नेपालीप्रति आफ्नो ऐक्यबद्धता पुनः पुष्टि गरेको जनाएको छ।

    पाकिस्तानले विपद्को यस कठिन समयमा नेपाललाई सहयोग उपलब्ध गराएको हो।

     

     


     


    तेस्रो आँखा