• ट्रेण्डिङ्ग :
रास्वपा सभापतिसँग लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन सम्वाद

रास्वपा सभापतिसँग लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन सम्वाद


  • 2.3K
    SHARES
    • भाद्र २२, २०८३ सोमबार
    • १ हप्ता अघि
    • 3.5K Views

    रास्वपा सभापतिसँग लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन सम्वाद

    काठमाडौँ, भदौ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन सम्वाद भएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले नेपालमा भदौ १० गते लाङटाङ लिरुङ हिमालबाट भोटकोशी नदीहुँदै आएको बाढीले निम्त्याएको महाविपत्तिप्रति अमेरिका सरकारको तर्फबाट उच्च ऐक्यबद्धता  प्रकट गर्नुभयो । 

    images

    आइतबार राती करिब नौ बजे विदेशमन्त्री रुबियोले रास्वपाका सभापति लामिछानेलाई टेलिफोन गर्नु भएको लामिछानेका सचिवालय प्रतिनिधि अविनाश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार टेलिफोन सम्वादका क्रममा विदेशमन्त्री रुबियोले भन्नुभयो, “तपाँईँहरुलाई ठूलो विपतको सङ्कट यतिबेला आइपरेको छ,यसबाट हामी (अमेरिका)पनि निकै दुखी छौँ, दुखको यस क्षणमा हामी नेपालसँगै उभिएका छौँ ।” 

    रास्वपाका सभापति लामिछानेले अमेरिका सरकारको सद्भावप्रति कृतज्ञता जनाउनुभयो ।


    तेस्रो आँखा