• ट्रेण्डिङ्ग :
जेनजी आन्दोलनमा भागेका तुलसीपुरका ६४ कैदीबन्दी अझै फर्केनन्

जेनजी आन्दोलनमा भागेका तुलसीपुरका ६४ कैदीबन्दी अझै फर्केनन्


  • 1.8K
    SHARES
    • भाद्र २३, २०८३ मंगलबार
    • १ हप्ता अघि
    • 2.8K Views

    जेनजी आन्दोलनमा भागेका तुलसीपुरका ६४ कैदीबन्दी अझै फर्केनन्

    दाङ, भदौ २३ गते । अघिल्लो वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका ६४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।

    images

    आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट तीनपटक गरी दुई सय ५३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये एक सय ८८ जना पुनः कारागारमा फर्किएको कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो । 

    उहाँका अनुसार केही कैदीबन्दी आफैँ कारागारमा फर्किएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो ।

    भागेका कैदीबन्दीमध्ये ६४ जना अझै सम्पर्कमा नआएको र उनीहरूको खोजी कार्य भइरहेको जेलर सिजवालले बताउनुभयो ।


    तेस्रो आँखा